सीजीनेटको दशैं योजना: इन्टरनेट जोड्दा उपहार र बोनस

सीजीनेटको दशैं योजना: इन्टरनेट जोड्दा उपहार र बोनस तरुण खबर १७ भाद्र २०८२, मंगलवार १३:१७
सीजीनेटको दशैं योजना: इन्टरनेट जोड्दा उपहार र बोनस

काठमाडाैं, १७ भदाै । चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक सीजीनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक दशैं योजना ल्याएको छ। यस योजनाअन्तर्गत, नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूले विभिन्न उपहार र बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुनेछ।

कम्पनीका अनुसार, ग्राहकहरूले आफ्नो रोजाइको प्याकेजअनुसार निम्न उपहारहरू लिन सक्नेछन्:

  • २५० एमबीपीएस र ३५० एमबीपीएस प्याकेज: मिक्सर ग्राइन्डरसहित १ महिनाको इन्टरनेट निःशुल्क।
  • १५० एमबीपीएस प्याकेज: टोस्टरसहित १ महिनाको इन्टरनेट निःशुल्क।

यसका साथै, १५०, २५० र ३५० एमबीपीएसका प्याकेजहरूमा ग्राहकले अधिकतम ३ महिनासम्म अतिरिक्त इन्टरनेट बोनस पनि पाउनेछन्।

सीजीनेटले आफ्ना ग्राहकहरूलाई सधैं किफायती मूल्यमा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ। कम्पनीले यस चाडपर्व योजनाले ग्राहकहरूलाई थप लाभान्वित बनाउने विश्वास लिएको छ।