आरबिबि फोकस ४० कोषको इकाई आजबाट सार्वजनिक निष्कासनमा

आरबिबि फोकस ४० कोषको इकाई आजबाट सार्वजनिक निष्कासनमा तरुण खबर १८ भाद्र २०८२, बुधबार १२:५६
आरबिबि फोकस ४० कोषको इकाई आजबाट सार्वजनिक निष्कासनमा

काठमाडाैं, १८ भदाै । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा रहेको सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई आज, भदौ १८ गतेदेखि सर्वसाधारणका लागि निष्कासनमा ल्याएको छ। यस योजना अन्तर्गत कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिनेछ।

कुल १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। बाँकी रहेको १४ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ।

प्रतिइकाई १० रुपैयाँका दरले बिक्री खुला गरिएको यस योजनाको अवधि १२ वर्षको हुनेछ। लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिने समय छिटोमा भदौ २२ गतेसम्म तोकिएको छ। यदि तोकिएको अवधिमा सबै इकाई बिक्री नभएमा निष्कासनको म्याद असोज १ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले सि–आस्बा प्रणाली अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरु वा मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। यो कोषले उच्च प्रतिफल दिने सम्भावना भएका नेप्सेमा सूचीकृत ४० वटा कम्पनीमा प्राथमिकता दिई लगानी गर्ने लक्ष्य राखेको छ। यद्यपि, आवश्यकता अनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सक्ने व्यवस्था रहेको छ।