नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ सुरु तरुण खबर १८ भाद्र २०८२, बुधबार १३:०८
नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ सुरु

काठमाडाैं, १८ भदाै । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। यो बहुचर्चित मुद्दामा अदालतको फैसलासँगै निष्कर्ष आउने अपेक्षा गरिएको छ।

यस प्रकरणमा ३३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् भने ११ जना अझै फरार रहेका छन्।

अनुसन्धानबाट खुलेअनुसार, यो ठगीको योजना २०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलबाट सुरु भएको थियो। पछि कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा यो ठगीले तीव्रता पाएको थियो।

करिब ३० करोड रुपैयाँभन्दा बढी ठगी भएको यस प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्तिहरू संलग्न रहेको पाइएको छ। अदालतको अन्तिम सुनुवाइपछि यस ठगी प्रकरणका दोषीहरूमाथि कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।