तरुण खबर
१८ भाद्र २०८२, बुधबार १३:२७
काठमाडाैं, १८ भदाै । सरकारले आन्तरिक ऋण उठाउनका लागि आज, बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, ‘विकास ऋणपत्र–२०९१ ग’ नाम दिइएको यस ऋणपत्रको अवधि ९ वर्षको हुनेछ।
यो ऋणपत्रको खरिदका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सकिनेछ। बैंक तथा वित्तीय संस्था, व्यक्ति, संस्था वा कम्पनीहरूले अनलाइन माध्यमबाट बोलकबोलमा सहभागी हुन सक्नेछन्।
ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ र यसमा आयकर लाग्ने व्यवस्था छ। यो ऋणपत्र २०९१ साल भदौ १९ गते परिपक्व हुनेछ। लगानीकर्ताले यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन पनि सक्नेछन्।



