तरुण खबर
२० भाद्र २०८२, शुक्रबार १३:२३
काठमाडाैं, २० भदाै । जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्साइले दशैं, तिहार र छठको अवसर पारेर ‘मेगा अफर’ योजना ल्याएको छ। यस योजनामा ग्राहकहरूले सेन्साइका कुनै पनि घरायसी सामानको खरिदमा २५ प्रतिशतसम्म नगद फिर्ता, तत्काल आकर्षक उपहारका साथै मासिक उपहारमा वासिङ मेसिन र बम्पर उपहारमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्न सक्नेछन्।
योजनाका मुख्य विशेषताहरू:
यो उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले सामान खरिद गरेपछि विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भर्नुपर्नेछ। यो योजना भाद्र १९ गतेदेखि नेपालभरका सबै सीजीका शोरुम र आधिकारिक बिक्रेताहरूमार्फत उपलब्ध छ। सेन्साइले चाडपर्वहरूमा ग्राहकलाई थप खुसी दिने उद्देश्यले यो योजना ल्याएको बताएको छ।


