तरुण खबर
२२ भाद्र २०८२, आईतवार ११:४९
काठमाडाैं, २२ भदाै । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप तरलता खिच्ने भएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आइतबार २५ अर्ब रुपैयाँ खिच्न लागेको हो।
राष्ट्र बैंकले आज (भदौ २२ गते) मध्यान्ह ३ बजे बोलकबोलमार्फत २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको छ। यो रकमको सावाँ र ब्याज असोज १२ गते भुक्तानी गरिनेछ। यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँको गुणनमा बोलकबोल गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।


