तरुण खबर
२२ भाद्र २०८२, आईतवार १२:५०
काठमाडाैं, २२ भदाै । श्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज इटहरीमा आफ्नो नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस शोरूमको आधिकारिक डिलरको रूपमा अटो सिटी नियुक्त भएको छ।
यससँगै, नेपालमा ट्रायम्फको पहुँच थप विस्तार भएको छ। अब प्रदेश १ र पूर्वी क्षेत्रका मोटरसाइकलप्रेमीहरूलाई अन्तर्राष्ट्रिय स्तरका मोटरसाइकल र सेवाहरू अझ सहज रूपमा उपलब्ध हुनेछ।
उद्घाटन समारोहमा स्थानीय व्यक्ति, मोटरसाइकलप्रेमी, र बाइकर्सहरूको उल्लेख्य सहभागिता थियो। यसले इटहरीमा प्रिमियम मोटरसाइकलप्रति बढ्दो आकर्षण रहेको देखाएको छ।
अटो सिटीका जयन्त संथालियाले इटहरीमा ट्रायम्फ शोरूमको स्थापनालाई ठूलो उपलब्धि भन्दै उत्कृष्ट बिक्री, सेवा, र ग्राहक अनुभव प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। यता, ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ केवल सवारी साधन नभई यो एक भरपर्दो ब्राण्ड र विश्वासको प्रतीक रहेको बताए।
नयाँ शोरूममा प्रशिक्षित जनशक्तिसहित अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले यसलाई ‘थ्री एस’ (बिक्री, सेवा, र स्पेयर पार्ट्स) सुविधासहित तयार पारेको जनाएको छ। यसबाट इटहरी र वरपरका ट्रायम्फप्रेमीहरूले उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पार्ट्स सहजै पाउनेछन्।


