कामना सेवा बैंकले घोषणा गर्‍यो १५.७८% लाभांश

कामना सेवा बैंकले घोषणा गर्‍यो १५.७८% लाभांश तरुण खबर २३ भाद्र २०८२, सोमबार १०:५८
कामना सेवा बैंकले घोषणा गर्‍यो १५.७८% लाभांश

काठमाडाैं, २३ भदाै । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूका लागि १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यो लाभांश बैंकको चुक्ता पुँजीमा आधारित हुनेछ।

घोषित लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसमेत) रहेको छ। यो घोषणासँगै कामना सेवा यस वर्ष लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ।

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १९ औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरूले प्राप्त गर्न सक्ने जनाएको छ। गत वर्ष बैंकले आफ्ना शेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गरेको थियो।