तरुण खबर
२५ भाद्र २०८२, बुधबार १४:२४
काठमाडाैं, २५ भदाै । नेपाल टेलिकमले देशभरको विषम परिस्थितिलाई ध्यानमा राख्दै तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस सेवा उपलब्ध गराएको छ। यो सेवा मंगलबारदेखि नै सुरु भएको हो।
टेलिकमले उपलब्ध गराएको सुविधाअनुसार, डेटाका लागि *1415*8*3# डायल गर्नुपर्नेछ भने भ्वाइस सेवाका लागि *1415*8*7# डायल गर्न सकिनेछ। यो भ्वाइस सेवा नेपाल टेलिकमका नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिनेछ।
डेटाको स्पिड १ एमबीपीएसको रहेको छ। यो निःशुल्क सेवाले संकटको बेला सञ्चार सम्पर्क कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



