प्रचण्डकी छोरीको घरमा शव फेला

प्रचण्डकी छोरीको घरमा शव फेला तरुण खबर २५ भाद्र २०८२, बुधबार १४:३०
प्रचण्डकी छोरीको घरमा शव फेला

काठमाडाैं, २५ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा एक पुरुषको जलेको शव फेला परेको छ। ललितपुर महानगरपालिका-२६, सुनाकोठीमा रहेको उनको घरमा मंगलबार आन्दोलनकारीले आगजनी गरेका थिए।

आगलागीपछि अनुसन्धान गर्ने क्रममा घरभित्र एक पुरुषको शव भेटिएको हो। मृतकको पहिचान हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आन्दोलनका क्रममा भएको आगजनी र सोही घटनामा शव भेटिएपछि यसले थप संशय पैदा गरेको छ।