तरुण खबर
२५ भाद्र २०८२, बुधबार १४:३६
काठमाडाैं, २५ भदाै । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले देशभरका महत्वपूर्ण सरकारी तथा निजी संरचनाहरूमा आक्रमण गरेका छन्। यस क्रममा संघीय संसद भवन र अदालतदेखि लिएर निजी क्षेत्रका बैंक र वित्त कम्पनीहरूमा समेत तोडफोड र आगजनी भएका छन्।
प्रदर्शनकारीको निशानामा अटोमोबाइल शोरुमहरू पनि परेका छन्। राजधानीको थापाथली लगायतका प्रमुख स्थानमा रहेका महिन्द्रा, सुजुकी, हुन्डाइ, टाटा र सीजी जस्ता कम्पनीका शोरुमहरूमा आगजनी र तोडफोड भएको छ।
आगलागीबाट लाखौं मूल्यका गाडीहरू जलेर नष्ट भएका छन् भने अधिकांश शोरुम पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अटो व्यवसायीहरूले क्षतिको ठोस विवरण दिन नसके पनि धेरै गाडी र अन्य सम्पत्ति नष्ट भएको जनाएका छन्। अहिले विभिन्न अटो कम्पनीहरूले छुट्टाछुट्टै रूपमा क्षतिको मूल्यांकन गरिरहेका छन्।


