हिउँदे बिदा कटौती, त्रिविका सम्पूर्ण पठनपाठन कार्तिक ११ देखि सुचारु हुने

हिउँदे बिदा कटौती, त्रिविका सम्पूर्ण पठनपाठन कार्तिक ११ देखि सुचारु हुने तरुण खबर २६ भाद्र २०८२, बिहीबार ०८:२८
हिउँदे बिदा कटौती, त्रिविका सम्पूर्ण पठनपाठन कार्तिक ११ देखि सुचारु हुने

काठमाडाैं, २६ भदाै । मुलुकभर देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा कटौती गर्ने निर्णय गरेको छ। रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी गरिएको अत्यन्त जरुरी सूचना अनुसार, २०८२ साल भदौ २९, ३०, ३१ र असोज १, २, ३, ५ गतेको कटौती गरी उक्त दिनमा हुने पठनपाठन कार्य बन्द गरिने भएको छ।

विश्वविद्यालयका अनुसार, नियमित पठनपाठन कार्य अब कार्तिक ११ गतेदेखि मात्र सञ्चालनमा आउनेछ। यससम्बन्धी सम्पूर्ण जानकारी सम्बन्धित सबै निकायलाई गराइएको छ। यो निर्णयले विद्यार्थी तथा शिक्षक-कर्मचारीहरुलाई पूर्व तयारी गर्न मद्दत पुग्नेछ।