तरुण खबर
२७ भाद्र २०८२, शुक्रबार ११:०६
काठमाडाैं, २७ भदाै । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेर २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको हो।
यसअघि बिहीबार तोलामा ५०० रुपैयाँ घटेर सुनको मूल्य प्रति तोला २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर २ हजार ५६५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी २ हजार ५०५ रुपैयाँमा स्थिर थियो।


