जेनजी आन्दोलनले लाइसेन्स छपाइ बन्द

जेनजी आन्दोलनले लाइसेन्स छपाइ बन्द तरुण खबर २९ भाद्र २०८२, आईतवार १४:४४
जेनजी आन्दोलनले लाइसेन्स छपाइ बन्द

काठमाडाैं, २९ भदाै । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।

विभागका अनुसार, विरोध प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा ठूलो क्षति पुगेको छ। यसले गर्दा लाइसेन्स वितरण मात्र नभई विद्युतीय सवारी साधन दर्ता लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको छ।

सेवा कहिलेबाट सुचारु हुन्छ भन्नेबारे विभागले कुनै समयसीमा तोकेको छैन। यसले गर्दा नयाँ लाइसेन्स लिन र नवीकरण गर्न चाहने सेवाग्राहीहरू मारमा परेका छन्।