तरुण खबर
३० भाद्र २०८२, सोमबार १०:२४
काठमाडाैं, ३० भदाै । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका मन्त्रीहरूले आज (सोमबार) बिहान साढे ११ बजे शपथ लिने भएका छन्। शीतल निवास परिसरमा हुने शपथ ग्रहण समारोहका लागि अहिले तयारी भइरहेको छ।
प्रधानमन्त्री कार्कीले आइतबार तीन जना मन्त्रीहरूको नाम सिफारिस गरेकी थिइन्। सिफारिसअनुसार, रामेश्वर खनालले अर्थमन्त्री, ओमप्रकाश अर्यालले गृह तथा कानुनमन्त्री र कुलमान घिसिङले ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाउने भएका छन्।
शीतल निवासको परिसरमा टेन्ट राखेर शपथ ग्रहण समारोहको व्यवस्था मिलाइएको छ।


