अन्योलमै सेयर बजारः कारोबार खुल्ने कि नखुल्ने?

अन्योलमै सेयर बजारः कारोबार खुल्ने कि नखुल्ने? तरुण खबर ३० भाद्र २०८२, सोमबार १४:५३
अन्योलमै सेयर बजारः कारोबार खुल्ने कि नखुल्ने?

काठमाडाैं, ३० भदाै । देशमा जेन-जी आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किए पनि सेयर बजारको कारोबार खुल्ने वा नखुल्ने भन्ने विषयमा अन्योल कायमै छ। आन्दोलनका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भदौ २९ देखि असोज २ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको थियो।

यद्यपि, अहिले अवस्था सामान्य भइसकेपछि लगानीकर्ताहरूले बजार खोल्ने वा नखोल्नेबारे निर्णय लिनुपर्नेमा जोड दिएका छन्। यस विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्सेबीच छलफल भइरहेको छ।

सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले प्राविधिक रूपमा कारोबार सुरु गर्न कुनै समस्या नभए पनि बजारको अनुकूलता हेरेर मात्र निर्णय गरिने बताएका छन्। उनले कारोबार खुल्ने वा नखुल्ने भन्ने विषय भोलिसम्म निश्चित हुने जानकारी दिए।

यसअघि पनि बोर्ड र नेप्सेबीच भएको छलफलमा कारोबार खोल्न प्राविधिक रूपमा कुनै बाधा नभएको निष्कर्ष निकालिएको थियो। अन्य क्षेत्रहरू सामान्य अवस्थामा फर्किसकेकाले अब सेयर बजार पनि पुरानै लयमा फर्किनुपर्ने लगानीकर्ताहरूको अपेक्षा छ।