नेपालमा अब हरेक असोज १ गते शोक दिवस, सरकारले दियो सार्वजनिक बिदा

नेपालमा अब हरेक असोज १ गते शोक दिवस, सरकारले दियो सार्वजनिक बिदा तरुण खबर ३१ भाद्र २०८२, मंगलवार ११:१६
नेपालमा अब हरेक असोज १ गते शोक दिवस, सरकारले दियो सार्वजनिक बिदा

काठमाडाैं, ३१ भदाै । सुशीला कार्कीको नेतृत्वमा रहेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले असोज १ गतेलाई शोक दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हालैको ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूको परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ।

शहीदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने र उनीहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने पनि सरकारले बताएको छ।

आन्दोलनका क्रममा भएको धनजनको क्षति र ज्यादतीको जाँचबुझ गर्न सरकारले एक उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ। यस निर्णयले पीडित पक्षलाई न्याय दिन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।