प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी क्षति

प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी क्षति तरुण खबर ३१ भाद्र २०८२, मंगलवार १२:२९
प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी क्षति

काठमाडाैं, ३१ भदाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबैभन्दा धेरै सवारीसाधनमा आगजनी भएको छ। यस कार्यालयमा ४७ वटा साना गाडी तथा बस र ७४ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन्।

अन्य सरकारी निकायहरूमा भएको क्षतिको विवरण यस प्रकार छ:

  • अर्थ मन्त्रालय: ३६ वटा गाडी र ५४ वटा मोटरसाइकल तथा स्कुटर।
  • गृह मन्त्रालय: २५ वटा गाडी र ३० वटा मोटरसाइकल तथा स्कुटर।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: २६ वटा गाडी र ४७ वटा मोटरसाइकल तथा स्कुटर।
  • युवा तथा खेलकुद मन्त्रालय: १९ वटा गाडी र २३ वटा मोटरसाइकल तथा स्कुटर।
  • संघीय संसद: १८ वटा गाडी र ३६ वटा मोटरसाइकल तथा स्कुटर।
  • वन तथा वातावरण मन्त्रालय: १७ वटा गाडी।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय: ९ वटा गाडी र ३९ वटा मोटरसाइकल तथा स्कुटर।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय: ३३ वटा साना गाडी, २ वटा बस, र ३६ वटा मोटरसाइकल तथा स्कुटर।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय: २२ वटा गाडी र १४ वटा दुईपाङ्ग्रे सवारी।

सर्वाेच्च अदालत र अन्य निकायमा ठूलो क्षति

आन्दोलनका क्रममा कार्यालय नै पूर्ण रूपमा जलेको सर्वाेच्च अदालतमा पनि ५१ वटा गाडी जलेका छन् भने मोटरसाइकल तथा स्कुटर गन्न नसकिने अवस्थामा छन्।

त्यस्तै, सहरी विकास तथा भवन विकास विभागमा ५० वटा गाडी र करिब २०० वटा दुईपाङ्ग्रे सवारी जलेका छन्। सडक विभागमा ६५ वटा गाडी जलेका छन् भने दुईपाङ्ग्रे सवारीसाधनको संख्या यकिन गर्न सकिएको छैन। महान्यायाधिवक्ताको कार्यालयमा २ वटा साना गाडी र एउटा बसमा आगजनी भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा १८ वटा गाडी र २९ वटा दुईपाङ्ग्रे सवारीमा क्षति पुगेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि ९ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन्।