लुटिएका हतियार ओसारपसार नगर्न आग्रह

लुटिएका हतियार ओसारपसार नगर्न आग्रह तरुण खबर ३१ भाद्र २०८२, मंगलवार १२:३३
लुटिएका हतियार ओसारपसार नगर्न आग्रह

काठमाडाैं, ३१ भदाै । विभागले एक सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी र निजी सवारी साधनबाट लुटिएका हातहतियार तथा अन्य सामानहरू सार्वजनिक यातायात वा मालबाहक सवारी साधनमार्फत ओसारपसार हुन सक्ने जोखिम रहेको जनाएको छ।

विभागले यस प्रकारका गैरकानुनी कार्यमा संलग्न नहुन सबै यात्रु, सवारी चालक, सवारी परिचालक र सवारी धनीहरूलाई सचेत गराएको छ। यदि कुनै सवारीसाधनमा यस्ता सामान भेटिएमा कानुनबमोजिम कारबाही हुने विभागले स्पष्ट पारेको छ।

सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राख्दै, विभागले सबैलाई जिम्मेवार बन्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि अनुरोध गरेको छ।