तरुण खबर
१ आश्विन २०८२, बुधबार ११:२९
काठमाडाैं, १ असाेज । जेनजी आन्दोलनका कारण रोकिएको सेयर बजार आगामी असोज २ गतेदेखि खुल्ने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारदेखि कारोबार सुचारु हुने जानकारी दिएको छ।
जनजीवन सामान्य अवस्थामा फर्किएपछि पनि सेयर बजार खुल्ने वा नखुल्ने भन्ने अन्योल थियो। तर, नेपाल धितोपत्र बोर्डले नेप्सेलाई कारोबार सुचारु गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम अब दोस्रो बजार कारोबार नियमित हुने भएको छ।
यस निर्णयले लगानीकर्ताहरूमा उत्साह बढेको छ। लामो समयदेखि रोकिएको कारोबार खुल्दा बजारमा नयाँ गति आउने अपेक्षा गरिएको छ।



