तरुण खबर
१ आश्विन २०८२, बुधबार ११:४०
काठमाडाैं, १ असाेज । सरकारले पदबाट हटाएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको आदेशपछि आफ्नो कार्यालयमा फर्किएका छन्। मंगलबार सर्वोच्चको पत्र बुझेपछि उनी प्राधिकरण पुगेका हुन्।
प्राधिकरणका निर्देशक पुजन ढुंगेल ‘अधिकारी’का अनुसार, अदालतको आदेशबमोजिम अध्यक्ष ओझाले आज (बुधबार) देखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन्।
गत भदौ २३ गते सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले ओझालाई पदबाट तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले सरकारको बर्खास्त गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्तिको प्रक्रियालाई पनि रोक्न आदेश दिएको थियो।
सरकारले ओझालाई कार्यसम्पादन कमजोर भएको आरोप लगाउँदै चार महिनामै पदबाट हटाएको थियो। त्यसपछि ओझाले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


