तरुण खबर
१ आश्विन २०८२, बुधबार ११:४८
काठमाडाैं, १ असाेज । सरकारले अब ई-७ भिसा प्रणालीमार्फत नेपाली कामदारलाई दक्षिण कोरिया नपठाउने भएको छ। यसअघि सीपयुक्त श्रमिक पठाउने भन्दै सुरु गरिएको ‘कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
यससँगै अब बीटूबी (बिजनेस टु बिजनेस) माध्यमबाट ई-७ भिसामा कोरिया जाने प्रक्रिया रोकिएको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गर्दै मन्त्रालयको निर्देशन प्राप्त भएको जानकारी दिएको छ।
हाल नेपाली कामदार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्रै कोरिया जाने गरेका छन्। यो निर्णयपछि अब ईपीएसबाहेक अन्य कुनै पनि माध्यमबाट नेपालीहरू कोरियामा रोजगारीका लागि जान पाउने छैनन्।



