तरुण खबर
२ आश्विन २०८२, बिहीबार ११:५०
काठमाडाैं, २ भदाै । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीहरूका लागि गत आर्थिक वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको कुल १८.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले सेयरधनीहरूलाई १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरूले प्राप्त गर्न सक्नेछन्।


