अतिरिक्त तरलता व्यवस्थापन: राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ खिच्ने

अतिरिक्त तरलता व्यवस्थापन: राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ खिच्ने तरुण खबर २ आश्विन २०८२, बिहीबार ११:५५
अतिरिक्त तरलता व्यवस्थापन: राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ खिच्ने

काठमाडाैं, २ भदाै । बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता (liquidity) व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीबार) बजारबाट थप रकम खिच्ने भएको छ। केन्द्रीय बैंकले १० दिनका लागि ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल (auction) मार्फत यो रकम खिच्नेछ। बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा आउने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

संकलित रकमको साँवा तथा ब्याज आगामी असोज १२ गते भुक्तानी गरिनेछ। यसको ब्याजदर पनि बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। नेपाल राष्ट्र बैंकले बजारमा तरलताको चाप घटाउन र वित्तीय स्थिरता कायम गर्न यस्ता उपकरणहरूको प्रयोग गर्दै आएको छ।