अमेरिकामा गोलीबारी: तीन प्रहरीको मृत्यु

अमेरिकामा गोलीबारी: तीन प्रहरीको मृत्यु तरुण खबर २ आश्विन २०८२, बिहीबार १२:००
अमेरिकामा गोलीबारी: तीन प्रहरीको मृत्यु

काठमाडाैं, २ भदाै । अमेरिकाको पेन्सिलभेनिया राज्यमा बुधबार भएको एक गोलीकाण्डमा परी तीन जना प्रहरी अधिकारीको मृत्यु भएको छ। घटनामा अन्य दुई प्रहरी गम्भीर घाइते भएका छन्।

योर्क काउन्टीको उत्तरी कोडोरस टाउनशिपस्थित एउटा स्कुल नजिकै दिउँसो २ बजे भएको गोलीबारीमा प्रहरीले जवाफी फायरिङ गर्दा आक्रमणकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। प्रहरीले आक्रमणकारीको पहिचान र घटनाको थप विवरण सार्वजनिक गरेको छैन। यस दुःखद घटनापछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।