‘आमा गुमाए पनि अब देशका लागि खेल्छु’– क्रिकेटर ललित राजवंशी

‘आमा गुमाए पनि अब देशका लागि खेल्छु’– क्रिकेटर ललित राजवंशी तरुण खबर ३ आश्विन २०८२, शुक्रबार ०९:५८
‘आमा गुमाए पनि अब देशका लागि खेल्छु’– क्रिकेटर ललित राजवंशी

काठमाडाैं, ३ असाेज । आमाको निधनले विक्षिप्त बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीले अब आफ्नो सम्पूर्ण ध्यान देशका लागि खेल्नमा केन्द्रित गर्ने बताएका छन्। उनले आमालाई गुमाउँदा आफूले आफ्नो ‘आधा संसार’ गुमाएको बताएका छन्, तर अब नेपाल आमाको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै राजवंशीले भनेका छन्, “मामुको धेरै याद आउँछ, मेरो आधा संसार गयो।” उनले आमाको निधनका कारण अस्ट्रेलिया भ्रमण छाडेर स्वदेश फर्किएको पनि खुलाएका छन्।

उनका अनुसार अब भने आफ्नो बाल्यकालको सपना— देशका लागि क्रिकेट खेल्ने— पूरा गर्नमा ध्यान दिनेछन्। “अब खेल महत्त्वपूर्ण छ,” उनले लेखेका छन्, “आमा जस्तै नेपाल आमा हो, एक दायित्व छ, यसैलाई पूरा गर्न यता लागेको छु।”

राजवंशीले आमाको निधनको दुःखलाई आफ्नो खेलमा प्रभाव पर्न नदिने बताएका छन्। यसअघि उनी आमाको स्वास्थ्य अवस्थाका कारण अस्ट्रेलिया भ्रमणको बीचबाटै नेपाल फर्किएका थिए।