लोकतन्त्रको आत्मा जनताको आवाज सुन्नु होः प्रधानमन्त्री कार्की

लोकतन्त्रको आत्मा जनताको आवाज सुन्नु होः प्रधानमन्त्री कार्की तरुण खबर ३ आश्विन २०८२, शुक्रबार ११:२५
लोकतन्त्रको आत्मा जनताको आवाज सुन्नु होः प्रधानमन्त्री कार्की

काठमाडाैं, ३ भदाै । प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाज सुन्नु नै लोकतन्त्रको वास्तविक मर्म रहेको बताएकी छिन्। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रणाली जनताको कुरा सुन्ने प्रणाली हो भन्नेमा जोड दिइन्।

संविधान दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसर पनि भएको उनको भनाइ थियो। प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले २०७२ असोज ३ मा संविधान सभाबाट जारी भएको नेपालको संविधान नेपाली जनताको त्याग, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको उल्लेख गरिन्। यसको संरक्षण र सफल कार्यान्वयन गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व रहेको पनि उनले बताइन्।

प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो सम्बोधनमा उनले जेनजी आन्दोलन र अन्य सामाजिक घटनाक्रमका सन्दर्भमा जनताको आवाजलाई सम्बोधन गर्न सरकार तयार रहेको सङ्केत गरेकी छन्।