राष्ट्र बैंकले ७० अर्ब रुपैयाँको तरलता तान्दै

राष्ट्र बैंकले ७० अर्ब रुपैयाँको तरलता तान्दै तरुण खबर ५ आश्विन २०८२, आईतवार ११:३१
राष्ट्र बैंकले ७० अर्ब रुपैयाँको तरलता तान्दै

काठमाडाैं, ५ असाेज । वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज थप ७० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्ने जनाएको छ।

राष्ट्र बैंकले ७ दिन अवधिको लागि निक्षेप संकलन गर्न लागेको हो। अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजे बोलकबोल हुने यो निक्षेप संकलन आजै खरिद गरिनेछ। यो उपकरणको परिपक्वता असोज १२ गते हुनेछ।

यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्। इच्छुक आवेदकले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।