नेपाली क्रिकेट खेलाडीलाई युएईले दियो भिसा

नेपाली क्रिकेट खेलाडीलाई युएईले दियो भिसा तरुण संवाददाता ५ आश्विन २०८२, आईतवार १४:००
नेपाली क्रिकेट खेलाडीलाई युएईले दियो भिसा

काठमाडौं । नेपाली क्रिकेट टिमले युएईको भिसा प्राप्त गरेसँगै सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि सुरक्षा चिन्ता जनाउँदै युएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि नेपाल क्रिकेट संघ (क्यान) ले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्न युएई जान लागेको नेपाली टोलीलाई युएईले भिसा ‘इस्यु’ नगर्दा प्रक्रिया लम्बिएको थियो ।

वेस्ट इन्डिजसँगको शृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ ।