तरुण खबर
६ आश्विन २०८२, सोमबार ११:३१
काठमाडाैं, ६ असाेज । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले सोमबार नयाँ कीर्तिमान बनाएको छ। आइतबार एकै दिन ११ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुनको मूल्य २ लाख १७ हजार १ सय रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर २ हजार ६ सय ५० रुपैयाँ पुगेको छ। यसरी लगातार बढ्दै गएको मूल्यले उपभोक्ताहरूलाई चिन्तित बनाएको छ।


