तरुण खबर
६ आश्विन २०८२, सोमबार ११:३६
काठमाडाैं, ६ असाेज । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार र छठको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि ‘दशैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक गरेको छ। यो अफर असोज ६ गतेदेखि सुरु हुनेछ, जसमा मोबाइल र एफटीटीएच प्याकेजहरूमा विशेष छुट र सुविधा दिइनेछ।
मुख्य विशेषताहरू:
यी सबै मोबाइल प्याकेजहरू प्रिपेडका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्मको हुनेछन्। जीएसएम सेवाका प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र फेरि कार्तिक १ देखि १० गतेसम्म किन्न सकिनेछ।
ग्राहकहरूले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यी प्याकेजहरू खरिद गर्न सक्नेछन्। टेलिकमले यो अफर चाडपर्वमा आफ्ना ग्राहकहरूलाई आफन्तसँग सहजै सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोग बढाउनका लागि ल्याएको बताएको छ।


