एकै ठाउँमा मनोरञ्जन र व्यापार: फुलसर्कलको जोइन्ट पप–अप कार्निवल सम्पन्न

एकै ठाउँमा मनोरञ्जन र व्यापार: फुलसर्कलको जोइन्ट पप–अप कार्निवल सम्पन्न तरुण खबर ६ आश्विन २०८२, सोमबार ११:४०
एकै ठाउँमा मनोरञ्जन र व्यापार: फुलसर्कलको जोइन्ट पप–अप कार्निवल सम्पन्न

काठमाडाैं, ६ असाेज । फुलसर्कलद्वारा आयोजित जोइन्ट पप–अप कार्निवल सोमबार सम्पन्न भएको छ। एकै दिनमा १,५०० भन्दा बढी मानिस सहभागी भएको यस कार्निवललाई धेरैले सामान्य बजारभन्दा फरक र अविस्मरणीय अनुभव भएको बताएका छन्।

कार्निवलमा २५ भन्दा बढी स्टलहरू राखिएका थिए, जसमा हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइलका विभिन्न उत्पादनहरू उपलब्ध थिए। यसका साथै गेमिङ जोन र ब्रान्डका स्टलहरूले पनि आगन्तुकहरूलाई आकर्षित गरेका थिए। प्रतिस्पर्धात्मक खेल, नयाँ उत्पादनहरूको खोजी र ब्रान्डहरूसँगको अन्तरक्रियाले यसलाई किनमेल गर्ने ठाउँ मात्र नभई सांस्कृतिक उत्सवको रूपमा स्थापित गरेको सहभागीहरूले बताए।

मुख्य आकर्षण र प्रायोजकहरू

यस कार्निवलको मुख्य प्रायोजनमा अन्तर्राष्ट्रिय ब्रान्ड इन्फिनिक्स स्मार्टफोन र सेन्चुरी मसला तथा स्न्याक्स रहेका थिए।

  • इन्फिनिक्स स्मार्टफोन: इन्फिनिक्सले ‘मोबाइल लेजेन्ड्सस् ब्याङ ब्याङ’ गेमिङ प्रतियोगिता आयोजना गरेको थियो, जसमा विजेताले नयाँ ‘हट ६० प्रो प्लस’ स्मार्टफोन उपहार पाएका थिए। यसैगरी, कम्पनीले गिनिज वल्र्ड रेकर्ड बनाएको सबैभन्दा पातलो फोन ‘हट ६० प्रो प्लस’ र गेमिङ फोन ‘जीटी ३० प्रो’ पनि प्रदर्शनमा राखेको थियो।
  • सेन्चुरी मसला र स्न्याक्स: सेन्चुरीले आफ्नो स्टलमा नेपाली स्वादलाई प्राथमिकता दिँदै विभिन्न मसला र स्न्याक उत्पादनहरू प्रदर्शन गर्‍यो। साथै, अन्तरक्रियात्मक खेलहरू पनि खेलाएर उपहार वितरण गरेको थियो।

यसका अतिरिक्त, हुवावेले दशैं अफरमा स्मार्टवाच किन्नेलाई नि:शुल्क इयरबड्स दिएको थियो। तक्षशिला एजुकेशन कन्सल्टेन्ट्सले मिनी–गेम मार्फत विद्यार्थीहरूलाई नि:शुल्क आइइलेट्स र पिटीइ क्लास भाउचर उपलब्ध गराएको थियो। त्यस्तै, सिजी नुडल्सले आफ्नो उत्पादन वितरण गरेको थियो भने योयोसोले पनि आफ्ना उत्पादनहरू उपहारमा बाँडेको थियो।

किन फरक छ यो कार्निवल?

जोइन्ट पप–अप कार्निवलले विश्वव्यापी ब्रान्ड र स्थानीय व्यवसायलाई एउटै छतमुनि ल्याएर एक अद्वितीय अनुभव प्रदान गरेको थियो। यसले नेपालको सांस्कृतिक र व्यावसायिक कार्यक्रमहरूको नयाँ स्तर निर्धारण गरेको फुलसर्कलले जनाएको छ। यो केवल एक बजार मात्र नभई, समुदाय, संस्कृति र सम्बन्धको उत्सव साबित भएको थियो।