तरुण खबर
६ आश्विन २०८२, सोमबार १२:५७
काठमाडाैं, ६ असाेज । दशैंको चहलपहल सुरु हुँदै गर्दा लगातारको वर्षा र पहिरोले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। यसका कारण गाउँ फर्कने तयारीमा रहेका र बाटोमा रहेका यात्रुहरूलाई निकै सास्ती भएको छ।
प्रहरीको जानकारीअनुसार, सोमबार बिहानसम्म ५ वटा मुख्य सडक पूर्ण रूपमा बन्द छन् भने ७ वटा सडक एकतर्फी मात्र सञ्चालनमा आएका छन्।
अवरुद्ध सडकखण्डहरू:
अवरुद्ध सडकहरू खुलाउन सुरक्षाकर्मी र प्राविधिक टोलीहरूले काम गरिरहेका छन्। ट्राफिक प्रहरीले यात्रुहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।



