घटस्थापनाको बिदामा पनि आरटीजीएस सेवा सञ्चालनमा

घटस्थापनाको बिदामा पनि आरटीजीएस सेवा सञ्चालनमा तरुण खबर ६ आश्विन २०८२, सोमबार १३:०६
घटस्थापनाको बिदामा पनि आरटीजीएस सेवा सञ्चालनमा

काठमाडाैं, ६ असाेज । दशैंको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा भए पनि ठूलो रकमको विद्युतीय भुक्तानी प्रणाली ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) आज पनि सञ्चालनमा रहने भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, अत्यावश्यक भुक्तानीहरूलाई सहज बनाउन आरटीजीएस प्रणाली आज सोमबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहनेछ।

आरटीजीएस प्रणाली विशेषगरी ठूलो रकम र तत्कालै भुक्तानी गर्नुपर्ने कारोबारका लागि प्रयोग हुन्छ। बैंक तथा वित्तीय संस्थाहरूले आपसी भुक्तानी, संस्थागत कारोबार र उच्च मूल्यका ट्रान्सफरमा यो सेवा प्रयोग गर्छन्। यसले गर्दा बिदाको दिनमा पनि अत्यावश्यक वित्तीय कारोबार नरोकिने भएको छ।