तरुण खबर
७ आश्विन २०८२, मंगलवार ११:१८
काठमाडाैं, ७ असाेज । चाडपर्वको अवसरमा एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि याडिया इलेक्ट्रिक स्कुटरमा विशेष छुटको घोषणा गरेको छ। बैंकले नेपालको याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गर्दै ग्राहकलाई हरित ऊर्जा प्रयोगतर्फ आकर्षित गर्ने उद्देश्य राखेको छ।
सहकार्य अनुसार एनएमबि बैंकका ग्राहकले कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूबाट स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गरेमा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन्। यो योजना चाडपर्वको समयसम्म मात्र लागू हुनेछ।
छुट पाउनका लागि ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्ने र अनिवार्य रूपमा एनएमबि बैंकको डिजिटल भुक्तानी सेवा प्रयोग गर्नुपर्नेछ। बैंकले यो सहकार्यबाट ग्राहकलाई थप सुविधा प्रदान गर्ने मात्र नभई दिगो र वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उदेश्यसहित एनएमबि बैंकले यसअघि पनि विभिन्न ग्राहक–मैत्री योजना ल्याउँदै आएको छ। हाल बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।


