इनड्राइभको दसैं योजना: ड्राइभर पार्टनरका लागि शून्य प्रतिशत सेवाशुल्क

इनड्राइभको दसैं योजना: ड्राइभर पार्टनरका लागि शून्य प्रतिशत सेवाशुल्क तरुण खबर ७ आश्विन २०८२, मंगलवार ११:२४
इनड्राइभको दसैं योजना: ड्राइभर पार्टनरका लागि शून्य प्रतिशत सेवाशुल्क

काठमाडाैं, ७ असाेज । ग्लोबल मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले दसैंको अवसरमा काठमाडौंमा रहेका आफ्ना ड्राइभर पार्टनरहरूका लागि विशेष सुविधा ल्याएको छ। कम्पनीले चाडपर्वको समयमा चालकहरूलाई थप प्रोत्साहन गर्न शून्य प्रतिशत सेवाशुल्कको घोषणा गरेको छ।

यो योजना अन्तर्गत, दसैं अवधिभर इनड्राइभका ड्राइभरले कुनै पनि सेवाशुल्क तिर्नुपर्ने छैन। यसले गर्दा उनीहरूले हरेक राइडबाट शतप्रतिशत आम्दानी आफैँ राख्न पाउनेछन्।

इनड्राइभको पियर-टू-पियर (पीटुपी) मोडेलले यात्रु र चालक दुवैलाई राइडको मूल्य आफैँ तय गर्न दिन्छ। यस प्रणालीमा, यात्रु र चालकले यात्रा सुरु हुनुअघि नै भाडामा आपसी सहमति गर्ने हुँदा दुवै पक्षलाई उचित मूल्य कायम हुन्छ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले दसैंमा ड्राइभर पार्टनरहरूको आम्दानी बढाउन र यात्रुलाई सुरक्षित तथा निष्पक्ष यात्राको अनुभव प्रदान गर्न यो योजना ल्याइएको बताइन्। उनले इनड्राइभले आफूलाई ठूलो समुदायको हिस्सा मान्ने र त्यसैअनुरूप यस्ता योजनाहरू ल्याइरहेको जानकारी दिइन्।