तरुण खबर
७ आश्विन २०८२, मंगलवार ११:३२
काठमाडाैं, ७ असाेज । नेपाली बजारमा सुनको भाउले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ। आइतबार १,१०० र सोमबार ७०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एकैदिनमा थप ३,९०० रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो।
यसैगरी, सुनसँगै चाँदीको भाउ पनि ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ६ सय ८० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको मूल्य २ हजार ६ सय ५० रुपैयाँभन्दा ३० रुपैयाँले बढी हो।


