मन्त्री पुनको आग्रह: अहिले अनावश्यक फोन नगर्नुहोस्

मन्त्री पुनको आग्रह: अहिले अनावश्यक फोन नगर्नुहोस् तरुण खबर ८ आश्विन २०८२, बुधबार १२:१९
मन्त्री पुनको आग्रह: अहिले अनावश्यक फोन नगर्नुहोस्

काठमाडाैं, ८ असाेज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका महावीर पुनले आफू मन्त्रालयमा व्यस्त रहेको भन्दै सर्वसाधारणलाई अनावश्यक फोन वा म्यासेज नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका पुनले आफ्नो मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा हजारौं फोन र सन्देशहरू आइरहेको बताएका छन्।

एक फेसबुक पोस्टमा मन्त्री पुनले लेखेका छन्, “केही दिनयता मेरो मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा हजारौं फोन र म्यासेज आइरहेका छन् । म अहिले मन्त्रालयमा एउटा बलियो र रचनात्मक टोली बनाउन व्यस्त छु । त्यसैले, केही दिनका लागि अनावश्यक फोन र म्यासेज नगर्नुहोला । धन्यवाद।”

मन्त्रीको यो आग्रहले उनी काममा केन्द्रित हुन चाहेको र अनावश्यक कुराकानीमा समय खेर फाल्न नचाहेको बुझिन्छ । उनले मन्त्रालयको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रारम्भिक चरणमै विशेष ध्यान दिएको यो संकेत हो।