दशैं यात्रा अवरुद्ध: वर्षाले देशभर ५ सडक पूर्ण बन्द

दशैं यात्रा अवरुद्ध: वर्षाले देशभर ५ सडक पूर्ण बन्द तरुण खबर ९ आश्विन २०८२, बिहीबार ११:३७
दशैं यात्रा अवरुद्ध: वर्षाले देशभर ५ सडक पूर्ण बन्द

काठमाडाैं, ९ असाेज । चाडपर्व नजिकिँदै गर्दा काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढेको छ। तर, देशभरका विभिन्न राजमार्गहरूमा आएको बाढी र पहिरोले यात्रुहरू अलपत्र परेका छन्।

नेपाल प्रहरीको यातायात शाखाले बिहान ८ बजेसम्म दिएको जानकारी अनुसार देशभरका पाँचवटा सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने चारवटा सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा छन्।

पूर्ण रूपमा बन्द रहेका सडकहरू

  • कोशी प्रदेश: भोटखोला गा.पा. ४ र मकालु गा.पा. ३ अन्तर्गतको कोशी राजमार्ग।
  • बागमती प्रदेश: गोसाईकुण्ड गा.पा. २ अन्तर्गत नेपाल र चीन जोड्ने पुल र इच्छाकामना गाउँपालिका ५, तुइन खोला अन्तर्गतको नारायणगढ-मुग्लिन सडक।
  • मध्य पहाडी लोकमार्ग: भुमे गाउँपालिका ४, काँडाबगर अन्तर्गतको सडक।

एकतर्फी सञ्चालनमा रहेका सडकहरू

  • गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रु सडक: रसुवाको उत्तरगया गाउँपालिका ०५, नौबिसे।
  • कालीगण्डकी कोरिडोर: बागलुङ गा.पा. १३, कालाखेला।
  • पूर्वपश्चिम राजमार्ग: नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका २, विश्वकर्मा मन्दिर र पैसठ्ठि मोड।

दशैंको यात्रालाई सहज बनाउन सम्बन्धित निकायहरूले मर्मत कार्य गरिरहेका छन् र केही घण्टाभित्रै सडक खुल्ने अपेक्षा गरिएको छ। यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ।