तरुण खबर
९ आश्विन २०८२, बिहीबार १२:११
काठमाडाैं, ९ असार । नेपाल राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजसँगको टी२० सिरिजको तयारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा अभ्यासमा जुटेको छ। भिसा प्रक्रियाका कारण टोली सोमबार मात्र यूएई प्रस्थान गरेको थियो, तर अहिले पूर्ण रूपमा प्रशिक्षणमा व्यस्त रहेको क्रिकेट संघ नेपाल (CAN) ले जनाएको छ।
टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा नेपाली टोलीमा साहब आलम र सन्दीप जोरालगायतका खेलाडी सिरिजमा सहभागि हुनेछन्।
यस सिरिजका लागि वेस्ट इन्डिजले केही नयाँ खेलाडीलाई मौका दिएको छ, जो क्यारिबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए, जबकि केही अनुभवी खेलाडीलाई विश्राम दिइएको छ। वेस्ट इन्डिजको कप्तानी अकील हुसैनले गर्नेछन्।
नेपाल र वेस्ट इन्डिजबीचको टी२० सिरिजको सबै खेल यूएईमा आयोजना हुने योजना रहेको छ।


