माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, विशेष महाधिवेशनको प्रस्तावमा छलफल

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, विशेष महाधिवेशनको प्रस्तावमा छलफल तरुण खबर ९ आश्विन २०८२, बिहीबार १२:३९
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, विशेष महाधिवेशनको प्रस्तावमा छलफल

काठमाडाैं, ९ असार । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक कमलपोखरीस्थित प्रज्ञा भवनमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिमा नयाँ नीति र नेतृत्व ल्याउन विशेष महाधिवेशन आवश्यक भएको पार्टीको भनाइ छ। यसअघि आइतबार बसेको पदाधिकारी बैठक र बुधबारको स्थायी कमिटी बैठकले पनि विशेष महाधिवेशनको प्रस्तावलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेका थिए।

यदि केन्द्रीय समितिले यो प्रस्ताव अनुमोदन गरेमा, अध्यक्ष प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन हुनेछ। विशेष महाधिवेशन आगामी मंसिर महिनाभित्रै गर्ने प्रस्ताव गरिएको छ।

यो कदमलाई पार्टीको आन्तरिक एकता कायम राख्दै वर्तमान राजनीतिक सन्दर्भमा पार्टीलाई नयाँ ढंगले अघि बढाउने प्रयासका रूपमा हेरिएको छ। बैठकमा विशेष महाधिवेशनको तयारी, पार्टी एकता तथा आगामी निर्वाचन लगायतका विषयमा पनि छलफल हुनेछ।