अर्थ मन्त्रालयमा ‘पेपरलेस’ युग सुरु: डिजिटल प्रणाली लागू

अर्थ मन्त्रालयमा ‘पेपरलेस’ युग सुरु: डिजिटल प्रणाली लागू तरुण खबर १० आश्विन २०८२, शुक्रबार ११:१६
अर्थ मन्त्रालयमा ‘पेपरलेस’ युग सुरु: डिजिटल प्रणाली लागू

काठमाडाैं, १० असाेज । अर्थ मन्त्रालयले आज (शुक्रबार) देखि डिजिटल टिप्पणी स्वीकृति प्रणाली सुरु गरेको छ। यससँगै मन्त्रालयभित्रको कागजी प्रक्रियामा उल्लेख्य कटौती हुने भएको छ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अबदेखि मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल माध्यमबाट स्वीकृत गरिने घोषणा गरे।

यो नयाँ प्रणाली लागू भएपछि मन्त्रालयको कार्यसम्पादनमा दक्षता, पारदर्शिता र गति थपिने विश्वास लिइएको छ। अर्थमन्त्री खनालका अनुसार यसले प्रशासनिक प्रक्रियालाई सरल बनाउँदै कागजी झन्झट पनि कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो कदमलाई अर्थ मन्त्रालयको कार्यशैलीमा सुधार ल्याउने दिशामा महत्त्वपूर्ण मानिएको छ।