तरुण खबर
१२ आश्विन २०८२, आईतवार ११:५२
काठमाडाैं, १२ असाेज । अब दशैंको बिदा केवल घरको पूजा, टीका-जमरा र खानपिनमा मात्र सीमित छैन। लामो फुर्सदलाई नयाँ ठाउँ हेर्ने र मन रिफ्रेस गर्ने अवसरको रूपमा लिँदै नेपालीहरू देश-विदेशका गन्तव्यतर्फ आकर्षित भएका छन्। ट्राभल एजेन्सीहरूले आकर्षक टुर प्याकेज ल्याएसँगै दशैं बिदा अहिले घुमफिरको ‘पिक टाइम’ बनेको छ।
विदेश यात्राको बढ्दो आकर्षण
कामको व्यस्तता र फरक अनुभव खोज्ने चाहनाले नेपालीहरूलाई थाइल्याण्डको समुद्र तट, दुबईको बुर्ज खलिफा, बालीको किनारा, चीनको ग्रेट वालदेखि माल्दिभ्सको क्रिस्टल जस्तो समुद्री पानीसम्म तानिरहेको छ।
ट्राभल एजेन्सीहरूले दशैं लक्षित गरेर ४९ हजार रुपैयाँदेखि साढे तीन लाख रुपैयाँसम्मको बजेटमा दुबई, चीन, थाइल्याण्ड, माल्दिभ्स, गोवा, श्रीलंका जस्ता गन्तव्यहरू सहजै उपलब्ध गराएका छन्। कतिपयले परिवारसहित त कतिपयले साथीहरूसँग ‘मेमोरेबल’ यात्रा गर्ने तयारी गरिरहेका छन्।
मुख्य टुर प्याकेज र खर्च विवरण
दशैंको बिदामा नेपालीहरूका लागि उपलब्ध केही मुख्य टुर प्याकेज र तिनको लागत यस प्रकार छ:
| गन्तव्य | प्याकेज अवधि | अनुमानित खर्च (प्रतिव्यक्ति) | आकर्षण |
| थाइल्याण्ड | ४ रात / ५ दिन | रु. ४९,५०० देखि रु. ९९,५०० सम्म | बैंकक, पटायाको समुद्र तट, कोरल आइल्याण्ड टुर। |
| दुबई | ४ रात / ५ दिन | रु. ७०,५०० आसपास | बुर्ज खलिफा, पाम जुमेराको अवलोकन। |
| गोवा | ३ रात / ४ दिन | रु. २५,००० देखि रु. ५५,००० सम्म | पालोलेम तट, क्यासिनो, वाटर स्पोट्र्सको आनन्द। |
| माल्दिभ्स | ३ रात / ४ दिन | रु. १,१९,५०० देखि रु. १,५०,००० सम्म | क्रिस्टल वाटर, वाटर भिला, सेतो बालुवाको तट। |
| बाली (इन्डोनेसिया) | ४ रात / ५ दिन | रु. १,३०,००० आसपास | कुटा बीच, किनमेल हब, ठूला छालहरूको मजा। |
| भियतनाम | ४ रात / ५ दिन | रु. १,१०,००० आसपास | लुभावनी बान जिओक झरना, रमणीय परिदृश्यको अवलोकन। |
| दार्जिलिङ-दुबई | ४ रात / ५ दिन | रु. ८९,९९९ देखि | दुई फरक भूगोलको कम्बो टुर। |
| चीन | ६ रात / ७ दिन | रु. १,४९,९०० आसपास | बेइजिङ (ग्रेट वाल), सांघाई (जेड बुद्ध मन्दिर)। |
| माल्दिभ्स/श्रीलंका कम्बो | ६ रात / ७ दिन | रु. १,५०,००० देखि | समुन्द्री गन्तव्यको विस्तारित अनुभव। |
| बाली/सिंगापुर/मलेसिया | १० रात / ११ दिन | रु. १,५४,५०० आसपास | तीन देशको लामो कम्बो टुर। |
यस नयाँ घुमफिर ट्रेन्डले दशैंको बिदालाई नयाँ अनुभव थप्ने र जीवनलाई रिफ्रेस गर्ने अवसरमा बदलिदिएको छ।


