तरुण खबर
२० आश्विन २०८२, सोमबार १२:३६
काठमाडाैं, २० असाेज । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला रु. २,५०० ले वृद्धि भई रु. २,३३,१०० मा कारोबार भइरहेको छ। यसअघि अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला रु. २,३०,६०० मा कारोबार भएको थियो। यो मूल्य हालसम्मकै उच्च हो।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै चाँदीको मूल्य पनि आज बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला रु. ३० ले वृद्धि भई रु. २,९६० मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु. २,९३० मा कारोबार भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा सुनचाँदीको भाउमा लगातार वृद्धि देखिएको छ।


