मदन भण्डारी राजमार्गको ट्राफिक खुल्यो

मदन भण्डारी राजमार्गको ट्राफिक खुल्यो तरुण खबर २० आश्विन २०८२, सोमबार १२:४०
मदन भण्डारी राजमार्गको ट्राफिक खुल्यो

काठमाडाैं, २० असाेज । मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास सडक खण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

आज बिहान रुरुक्षेत्र गाउँपालिका–३ मा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुका अनुसार, पहिरोको ढुङ्गा र माटो हटाएपछि सडकमा यातायात सञ्चालन भएको हो। सडक खुलेपछि रोकिएका सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।