तरुण खबर
२१ आश्विन २०८२, मंगलवार १०:५५
काठमाडाैं, २१ असाेज । चालू आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि हालसम्म नेपालले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् सफलतापूर्वक निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, देशमा खपत गरेर बढी भएको विद्युत् दैनिकरूपमा औसत एक हजार मेगावाट निर्यात भइरहेको छ।
नेपालको विद्युत् अहिले मुख्यतयाः दुई माध्यमबाट छिमेकी बजारहरूमा बिक्री भइरहेको छ:
विद्युत् निर्यातबाट प्राप्त भइरहेको यो आम्दानीले नेपालको व्यापार घाटा कम गर्न तथा विदेशी मुद्रा सञ्चितिमा सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।


