तरुण खबर
२१ आश्विन २०८२, मंगलवार १२:०६
काठमाडाैं, २१ असाेज । वित्तीय प्रणालीमा अधिक तरलताको चाप (excess liquidity) कायमै रहेकाले नेपाल राष्ट्र बैंकले आज (मंगलबार) फेरि थप ९० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।
केन्द्रीय बैंकले ‘निक्षेप संकलन’ (Deposit Collection) उपकरणको माध्यमबाट १२ दिन अवधिका लागि यो रकम बजारबाट उठाउन लागेको हो। यसको परिपक्वता (सावाँ र ब्याज भुक्तानी) कार्तिक २ गते हुनेछ।
बोलकबोलसम्बन्धी विवरण:
राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलतालाई व्यवस्थापन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नका लागि यो कदम चालेको हो।


