तरुण खबर
२२ आश्विन २०८२, बुधबार १२:२४
काठमाडाैं, २२ असाेज । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। हिजो (मंगलबार) एकैदिन २ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि २ हजार ६०० रुपैयाँले बढेको हो।
नेपाली बजारमा सुन र चाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ कीर्तिमान
विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ।
भू-राजनीतिक र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरूले सुनमा लगानी बढाएका छन्। केन्द्रीय बैंकहरूद्वारा ठूलो परिमाणमा सुन खरिद, सुन-सम्बद्ध एक्सचेन्ज-ट्रेडेड फन्डको मागमा वृद्धि, कमजोर अमेरिकी डलर र खुद्रा लगानीकर्ताहरूको चासोमा वृद्धि जस्ता कारणले सुनको मूल्य बढ्न सहयोग पुगेको हो।


