‘जेन-जी’ संकट समाधान गर्न ४४ देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

‘जेन-जी’ संकट समाधान गर्न ४४ देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्कीको छलफल तरुण खबर २२ आश्विन २०८२, बुधबार १३:०१
‘जेन-जी’ संकट समाधान गर्न ४४ देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडाैं, २२ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्दैछिन्।

परराष्ट्र मन्त्रालयका अनुसार, यो बैठक नेपालको पछिल्लो राजनीतिक र आर्थिक अवस्था सँगै अन्तर्राष्ट्रिय सम्बन्धका महत्त्वपूर्ण पक्षहरूमा केन्द्रित रहनेछ।
बैठकका प्रमुख एजेन्डाहरू:
  • राजनीतिक र आर्थिक स्थिति: देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी गराउने।
  • कूटनीतिक निर्देशन: प्रधानमन्त्री कार्कीले राजदूतहरूबाट प्रतिवेदन तथा सिफारिसहरू लिएपछि आवश्यक निर्देशन दिने।
  • भिसा र लगानीको समस्या: ‘जेन-जी आन्दोलन’ पछि केही देशले नेपालीका लागि भिजिट भिसामा लगाएको कडाइ, पर्यटन आगमनमा आएको कमी र वैदेशिक लगानी घट्ने चुनौतीबारे छलफल हुने। प्रधानमन्त्रीले यी समस्या समाधानका उपायबारे मार्गदर्शन गर्ने अपेक्षा छ।
  • निर्वाचन तयारी: जेन-जी आन्दोलनपछि भदौ १३ गते अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले आगामी चैत ५, २०८२ (मार्च ५, २०२६) मा हुने संसदीय निर्वाचनको तयारीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन परराष्ट्र निकायहरूलाई निर्देशन दिनेछिन्।

नयाँ सरकार गठन भएपछि सरकारको प्राथमिकता र आपसी सहयोगका लागि आग्रह गर्दै राजदूतहरूसँग ‘ब्रिफिङ’ लिने विगतदेखिकै प्रचलन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।