बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्क शतप्रतिशत छुट: लिबर्टी माइक्रो लाइफको विशेष सुविधा

बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्क शतप्रतिशत छुट: लिबर्टी माइक्रो लाइफको विशेष सुविधा तरुण खबर २३ आश्विन २०८२, बिहीबार ०८:११
बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्क शतप्रतिशत छुट: लिबर्टी माइक्रो लाइफको विशेष सुविधा

काठमाडाैं, २३ असाेज । लिबर्टी माइक्रो लाइफ इन्स्योरेंस लिमिटेडले आफ्ना ग्राहकहरूलाई ठूलो राहत दिँदै बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क (लेट फी) मा शतप्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले यो विशेष छुट सुविधा गत भदौ १५ गतेदेखि नै शुरू गरिसकेको छ र यो मंसिर मसान्तसम्म उपलब्ध हुने जनाएको छ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण ग्राहक, अभिकर्ता तथा अन्य सरोकारवालाहरूलाई यस बारेमा जानकारी गराउँदै समयमै बीमालेख नवीकरण गरी सुरक्षित रहनु सबैको जिम्मेवारी भएको बताएको छ। कम्पनीले सबै ग्राहकहरूलाई यो सीमित अवधिको फाइदा उठाउन अनुरोध गरेको छ।

मुख्य सुविधा:

  • सुविधा: बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा १००% छुट।
  • अवधि: भदौ १५ गतेदेखि मंसिर मसान्तसम्म।
  • कसका लागि: बीमालेख नवीकरण तथा पुनर्जागरण गर्ने ग्राहकहरूका लागि।